बाजुरामा सेनाको विमान दुर्घटना , चालकको मृत्यु , २ जवान घाईते

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १६ २०७४
  • तामाकोसी खबर

बाजुरा । जेठ १६ गते,
नेपाली सेनाको रासन लिएर नेपालगंजबाट हुम्लाको सदमुकाम सिमिकोटका लागि छुटेको जहाज मौसमी खरावीका कारण हुम्लामा अवतरण हुन नसकेर बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।
नेपाली सेनाको जहाज कल साईन ए ०४८ को स्काइ ट्रकजहाज मंगलबार मध्यान्ह १२ बजे बाजुराको कोल्टी विमानस्थल धावनमार्गको करिब १० मिटर बाहिर दुर्घटना भई पल्टीएको बताईएको छ ।
दुर्घटनामा परि चालक नेपाली सेनाका क्याप्टेन कैलाश गुरुगंको घटनास्थलमै मृत्यू भएको र नेपाली सेनाका जवान पूर्ण खड्का र १ जना नाम नखुलेकी महिला घाईते भएको र यी दुवै जनालाई  सिता एयरको जहाजमा नेपालगंज उपचारका लागि लगिएको कोल्टी विमानस्थल सुरक्षा गार्डले बताएको छ ।एकहप्ता देखीको मौसमी खरावीका कारण पनि दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बाजुराको सदरमुकाम मार्तडीबाट घटना स्थल सम्म १ दिनको पैदल दुरीमा रहेको छ । अहिले कोल्टीमा रहेको विमानस्थल सुरक्षा गार्ड र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ ।