रामेछाप । जेठ ८ गते,
नेपाली काँग्रेस रामेछाप क्षेत्र नम्बर २ का सभापति बिनोद कार्कीले सभापति पदवाट राजिनाम दिएका छन् । उनले नेपाली काँग्रेस भित्र धेरै कुराहरु सुधार गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बिपि नगर सानेपा ललितपुरलाई राजिनामा पत्र बुझाएका हुन् ।

उनले पार्टीभित्र सैदान्तिक पक्षमात्रै सदर भएर मात्रै नहुने भन्दै पार्टी राम्रो हुनका लागि पार्टी भित्र देखिएको बिसंङगतीहरुलाई निराकरण गर्नुपर्ने अहिलेको आवश्यकता महसुश गरी आफले राजिनामा दिएको बताए । उनले सुधार गर्नका लागि आफैवाट सुरु गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरी राजिनामा दिएको बताए । पार्टीलाई सवलीकरण गर्नका लागि पार्टी भित्र रहेको बिकृति बिसङगतीलाई हटाउन आवश्यक रहेको र यसैका निम्ति आफुले राजिनामा दिएको उनको भनाई छ । आफु पार्टीको सक्रिय कार्यकर्ता रहने गरी सभापतिको पदवाटमात्रै राजिनामा दिएको उनले बताए ।
कार्कीले केन्द्रीय कार्यसमितिमा पेश गरेको राजिनमा पत्रमा नेपाल सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको सिलसिलामा पार्टीको हठ प्रबिधि , गुटगट राजनिति,राजनितिलाई पेशाको रुपमा लिने प्रवृक्ति, आर्थिक हैसियतको लेखाजोखा गरी निष्ठावान कार्यकर्ताको मानमर्दन हुनेगरी मुल्याङकन भैरहेको उल्लेख गरेका छन् ।
राजिनामा पत्रमा यस्ता क्रियाकलापका बिच निष्ठावान कार्यकर्ता टिकिरहन र संगठनलाई मजबुद गदै जनताको माझ जान असजिलो भैरहेको सन्र्दभमा आफुलाई क्रियाशिल राख्दै नेपाली काँग्रेस पार्टीको आदर्शको रुपमा रहेको राष्ट्रियता ,लोकतन्त्र,समाजवाद प्रति जीवनभर बिचलित नहुने प्रतिवद्धतका साथ क्रियाशिल सदस्य रहनेगरी क्षेत्रीय सभापति जस्तो गरिमामय पदवाट राजिनामा दिन बिवस छु भनिएको छ । कार्की बैशाख ३१ को स्थानिय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट मन्थली नगरपालिकाको मेयर पदमा पराजय भएको थियो ।
