तामाकोशी किनारलाई रोडकोरीडोरका रुपमा बिस्तार गर्छु : मनपा प्रमुख बस्नेत

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ६ २०७४
  • तामाकोसी खबर

रामेछाप । जेठ ६ गते,
मन्थली नगरपालिकाका नवनिर्बाचित प्रमुख रमेश बस्नेतले गाउँगाउँमा पानीका मुहानहरु सुक्दै गएकाले तामाकोशी किनारमा रोडकोरिडोर विस्तार गर्ने बताएका छन् । उनले चालु आर्थिक बर्ष सकिन लागेकोले यो बर्ष बिकास निर्माणका कामहरु गर्न खासै नसकेपनि आगामी ५ बर्ष भित्र मन्थलीलाई बिकास गर्ने योजना तर्जुमा भने चालु आर्थिक वर्षभित्रै गर्ने बताए  । ब्रम्ह्कुमारी राज योग सेवा केन्द्र मन्थलीले शनिबार आयोजना गरेको स्वागत एबं शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले साविकका ११ वटा गाविस  मन्थली नगरपालिका  भित्र भएकोले र सबै वडामा नगरपालिकाको पुर्वाधारहरु नभएकाले काम गर्न धेरै चुनौति रहेको बताए  । उनले १ देखि १४ नं वडा रहेकोे मन्थली नगगरपालिकालाई आगामी ५ बर्ष भित्र सक्षम, सभ्य र समृद्ध बनाउने आफ्नो योजना रहेको सुनाए । कार्यक्रम ब्रम्ह् कुमारी राजयोग सेवा केन्द्र मन्थलीकी प्रमुख सञ्चालिकका बिष्णु बहिनीको अध्यक्षतामा भएको थियो ।