रामेछाप । जेठ ५ गते,
रामेछापको जिल्लाको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनले ४३०० मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४३९३ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३९९४ मत ल्याईन् ।
माओवादीका मेयरका उम्मेदवारले ३२०२ मत ल्याए भने उपमेयरका उम्मेदवारले ३१३८ मत ल्याएका छन् । वडा नम्बर १ मा नेकपा एमालेका अध्यक्ष नरबहादुर थापा सहित एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी रामेछाप नगरपालिका २ वाट माओवादी केन्द्रका नीरकुमार श्रेष्ठ र नम्बर ३ साँघुटारबाट नेकपा एमालेका भुपाल श्रेष्ठको प्यानलै बिजयी भएको छ ।
रामेछाप नगरपालिका ४ मा नेपाली काँग्रेसका टुकेन्द्र बहादुर मगर र ५ मा माओवादी केन्द्रका भिम बहादुर तामाङ बिजयी भएका छन् । रामेछाप वडा नम्बर ६ ओख्रेनीमा एमालेका धनबहादुर खड्का विजयी भएका छन् । रामेछाप ७ मा नेपाली काङ्ग्रेसका समीर कार्की बिजयी भएका छन् । तयस्तै वडा नम्बर ८ मा नेपाली काँग्रेसको केदार कार्की बिजयी भएका छन् भने वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर श्रेष्ठ बिजयी भएका छन् ।
रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ५ २०७४
- तामाकोसी खबर