बैशाख ३१ रामेछाप
रामेछापको दोरम्बा गाउपालिकामा पर्ने साविकको टोकरपुरको पुन्चेतमा रहेको कालिका भगवती मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ ।

माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ता विच झडप हुदा मतदान प्रक्रिया स्थगित भएको हो । मतदान भइरहेको बेला सामान्य कुरामा झडपहुदा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको जनाएको छ । झडपहुँदा केहि सामान्य घाइते भएको तथा थप सुरक्षा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रिले जाकारी दिए ।
झडप भएपछि मतदान कार्य रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले बताए ।