मतदान सुरु, रामेछाप जिल्लामा १ लाख ३४ हजार ६ सय २० जना मतदाता

  • प्रकाशित मिति: आइतबार, बैशाख ३१ २०७४
  • तामाकोसी खबर

बैशाख ३१ लिखु ।
बैशाख ३१ गते आज स्थानिय तह निर्वाचनको लागि रामेछाप जिल्लामा मतदान पक्रिया सुरु भएको छ । यस जिल्लामा रहेको ९० वटा मतदानस्थलका १ सय ७० मतदानकेन्दबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।



रामेछापमा १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेको र प्रमुख उपप्रमुख वडा अध्यक्ष महिला सदस्य दलित सदस्य एव खुल्ला दुई जना गरी १२ सय ५४ जना उम्मेद्वारको प्रतिस्पर्धामा रहेका छन् ।
यता रामेछाप जिल्लाको लिखु गाउपालिका वडा नं. ५ साविकको नागदह गाविस केन्द्रमा पनि मतदान सुरु भएको छ । यस वडामा २ हजार ४ सय ४९ जना मतदाता रहेका छन् ।

जसमध्ये हिजो अबेर सम्ममा १ हजार ९ सय २२ जनाले मतदाता परिचय पत्र लिइसकेका छन् बाँकी आज विहान सम्म लिन सकिने ख केन्द्रका निर्वाचन अधिकृत राजेन्द्र पौडेलले जानकारी दिनु भएको छ । यस वडामा मतदाता हरु निक्कै उत्साहित देखिएका छन् भोट हाल्नका निमिक्त लाइनमा बसेका छन् । । मतदाताहरुको सुरक्षाको राम्रो प्रबन्ध मिलाएको सुरक्षा कर्मीले बताइएको छ ।