२१ गतेसम्मका लागि संसद बैठक स्थगित

  • प्रकाशित मिति: आइतबार, बैशाख १७ २०७४
  • तामाकोसी खबर

वैशाख १७, काठमाडौं – व्यवस्थापिका संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधन विधेयक पेस गरेर आइतबार छलफल सुरु गर्ने तयारी भैरहेको बेला बैठक स्थगित भएको हो ।

सरकारले संशोधनको पक्षमा दुई तिहाई पुर्याउने कसरत गरिरहेपनि सत्तारुढ दलकै केही सांसद उपस्थित नहुने संकेत देखिएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।



आइतबार संसद बैठक दुईपटक बस्ने योजना थियो । पहिलो बैठकले पूर्व सांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकमा संशोधन प्रस्ताव पेश हुने तयारी भएपनि  शोक प्रस्ताव पारित गरेपछि वैठक स्थगित भएको हो ।