रामेछापका राजनितिक दलहरुले चुनावमा बालबालिका प्रयोग नगर्ने

  • प्रकाशित मिति: मंगलबार, बैशाख १२ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख १२ गते,
रामेछापका राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले मंगलबार आयोजना गरेको कार्याक्रममा जिल्लाका राजनीतिक दलहरुले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।
रामेछापका प्रमुख जिल्ला अधिकार एवं जिल्ला बालकल्याण समिति रामेछापका अध्यक्ष सूयबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्लाका राजनीतिक दलका प्रतितिनिधि लगायत सरोकारवालाहरुले ८ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । जसमा निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पछि पनि बालबालिकालाई कुनै पनि हिसावले प्रयोग नगर्ने कुरा उल्लेख छ । दलहरुले बालबालिकाको हित विपरित कुनै पनि काममा आपूmहरु पनि सहभागि नहुने र अरुलाई पनि सहभागि नगराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
प्रतिवद्धतपत्रमा नेपाली काँग्रेका नेता झपडराज भण्डारी, एमाले उपसचिव झम्क कँडेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक कमिटीका सदस्य तारानारायण श्रेष्ठ, राप्रपाका सुरेन्द्र केसी, नेकपा मालेका सचिव ओमबाबु पुरी, संयुक्त समाजवादी फोरमका सोनामा तामाङ लगायतले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बालकल्याण समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले  बालबालिकाको प्रयोग निर्वाचन आचासंहिता विपरित समेत भएकोले यसमा सजग हुन दलहरुलाई आग्रह गरे । सोही कार्यक्रममा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गर्न महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीको संयोजकत्वमा ९ सदस्सिय समिति गठन भएको छ ।