रामेछाप । चैत १६ गते ,
रामछाप जिल्लाको सखरमुकाम मन्थलीमा द्धन्द्ध पिडितका लागि २ महिने शिपमुलक तालिमा सुरु भएको छ । जिल्लाका ३० जना द्वन्द्व पीडित तथा द्वन्द्व पीडित परिवारका सदस्यको लागि शिपमुलक तालिम सुरु भएको हो । स्थानीय शान्ति समिति रामेछापको अयोजनामा बु
धबारबाट मन्थलीमा सो तालिम सुरु भएको छ । ३० जना द्वन्द्व पीडित तथा द्वन्द्व पीडित परिवारका सदस्यलाई शिपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्थानीय शान्ति समिति रामेछापका संयोजक लेखबहादुर कार्कीले जानकारी दिए । सहभागिहरुलाई हाउस वायरिङ र प्लम्बिङ तालिम प्रदान गर्न लागिएको उनले जानकारी दिए । तालिमको उद्घाटन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुननिर्माणको काम चलि रहेको अहिलेको अवस्थामा दुवै तालिम अति सान्दर्भीक र बजारमा बिक्ने बताए । तालिम २ महिनासम्म चल्ने छ । 
रामेछापका द्वन्द्व पीडितका लागि २ महिने शिपमुलक तालिम
- प्रकाशित मिति: बुधबार, चैत्र १६ २०७३
- तामाकोसी खबर