रामेछाप । चैत १५ गते,
नेपाली काँग्रेसका नेता एवं पूर्व कृषि सहायकमन्त्री रामहरि ढुँगेलको १३ औँ पुण्यतिथिको अवसरमा उहाँको जन्मस्थल रामेछापको पकरबासमा मंगलबार श्रद्धाञ्जी सभा आयोजना गरिएको छ । नेपाली काँग्रेस रामेछापको आयोजना तथा नेपाली काँग्रेस पकरबासको सहआयोजनामा कार्यक्रम भएको हो ।
नेपाली काँग्रेस रामेछापका पूर्वसभापति समेत रहेका ढुंगेलको स्मृतिमा आयोजना गरिएको सो सभा पार्टिका जिल्ला सभापति लवश्री न्यौपानेको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काँग्रेस संसदिय दलका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमममा रामेछाप काँग्रेसका पूर्वसभापति रामचन्द्र खड्का, अर्जुन केसी, वीरबहादुर तामाङ, ध्रुव लामा, विनोद कार्की, गंगा अधिकारी, विनोद कार्की, भरत चौलागाईँ, कृष्णबहादुर महत, राजनारायण श्रेष्ठ लगायतले रामहरि ढुंगेलको योगदानको चर्चा गरेका थिए । काँग्रेस भित्र सादगि नेताको रुपमा चिनिने ढुंगेलको गत चैत २ गते काठमाडौँका आप्mै कोठामा सुतको अवस्थामा निधन भएको थियो । अविबाहित ढुंगेलको कुनै व्यक्तिगत सम्पत्ति छैन । 