मधेसी मोर्चाका लागि वर्तमान सरकार सबैभन्दा अनूकुल छ : सञ्चारमन्त्री कार्की

  • प्रकाशित मिति: सोमबार, चैत्र १४ २०७३
  • तामाकोसी खबर

ओखलढुंगा । चैत १४ गते, रामहरि श्रेष्ठ
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिलेको सरकार मधेसी मोर्चाका लागि सबैभन्दा अनुकुल सरकार रहेको बताएका छन्  । गृह जिल्ला ओखलढुंगा भ्रमणका क्रममा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले आफ्ना माग सम्बोधन गराउन वर्तमान सरकार मोर्चाका लागि सबैभन्दा अनुकुल रहेको बताए । सरकार प्रवक्ता समेत रहेका कार्कीले एमालेलाई विश्वासमा लिएर मधेसको समस्या हल गर्न सरकार लागि परेको पनि जानकारी दिए । प्रधानमन्त्री चिनबाट फर्के लगत्तै मोर्चासँग सम्झौता हुने दाबी गरे । उनले संविधान संशोधन र चुनाव दुवै हुने भन्दै एमालेलाई विश्वासमा लिएरै सबै काम गर्ने बताए ।