एमाले रामेछापको चुनावी अभियान अन्तर्गत विभिन्न कार्यक्रम

  • प्रकाशित मिति: आइतबार, चैत्र ६ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ६ गते,
नेकपा एमाले रामेछापको चुनावी अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु रामेछापमा सम्पन्न भएका छन् । अभियान अन्तर्गत विभिन्न नगरपालीका तथा गाउँपालीकाका वडाहरुमा भेला, प्रशिक्षण तथा कमिटी गठन भएका छन् । सोही कार्यक्रम अन्तर्गत आईतबार मन्थली नगरपालिका वडा नम्वर ५ सुनारपानीमा अगुका कार्यकर्ता भेला प्रशिक्षण तथा पार्टी कमिटी गठन भएको छ । कार्यक्रम नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । भेलाले तेज बहादुर कार्कीको अध्यक्षतामा २९ सदस्यि वडा कमिटी पनि गठन गरिएको नेकपा एमाले रामेछापले जनाएको छ । यसैगरी मन्थली नगरपालीकाको पुरानागाउँमा पनि एमालेको भेला सम्पन्न भएको छ । भेलाले सो वडाको साविकको गाउँकमिटीलाई वडा कमिटिमा रुपान्तरण गरेको छ । भेलामा पार्टी नेताहरु प्रकाश कार्की, धु्रव कार्की, गोपाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।