राप्रपा रामेछापले चैत ७ गते जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिने

  • प्रकाशित मिति: आइतबार, चैत्र ६ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ६ गते,
राष्ट्रिय प्रजातन्त्र पार्टि रामेछापले शनिबार एक कार्यक्रमको आयोजना गरि चुनान चिन्ह गाइ सार्बजनिक गरेको छ । यसअघि राप्रापाको चुनाव चिन्ह हलो र  राप्रपा नेपालको चुनाव चिन्ह गाई रहेको थियो । केहि समयअघि राप्रपा र राप्रपा नेपाल एकिकरण भए सँगै आफ्नो पार्टिको चुनाव चिन्ह गाई राख्ने सहमति भएको राप्रपाका अध्यक्ष भरत वाइवाले जानकारी दिए । उनले निर्वाचन आयोगले संवैधानिक राजतन्त्र आफ्नो विधानबाट हटाइदिएपछि केन्द्रिय कार्यक्रम अनुसार चैत्र ७ गते जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र सहित १ घण्टा धर्ना दिने कार्यक्रम रहेको पनि बताए ।