एमाले रामेछापको चुनावी अभियान तिब्र,जिल्लाको विभिन्न ठाउँमा वडा भेला एवं प्रशिक्षण कमिटी गठन

  • प्रकाशित मिति: शनिबार, चैत्र ५ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ५ गते,
नेकपा एमाले रामेछापको चुनावी अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु रामेछापमा सम्पन्न भएका छन् । अभियान अन्तर्गत विभिन्न नगरपालीका तथा गाउँपालीकाका वडाहरुमा भेला, प्रशिक्षण तथा कमिटी गठन भएका छन् ।
सोही कार्यक्रम अन्तर्गत शनिबार रामेछाप नगपालिका ८मा अगुका कार्यकर्ता भेला प्रशिक्षण तथा पार्टी कमिटी गठन भएको छ । कार्यक्रम पार्टीका बैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
यसैगरी गोकुलगंगा गाउँपालीका ५ नामाडीको अगुवा भेला जिल्ला पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको छ । उता मन्थली नगरपालिका ८ चिसापानीको पनि भेला, प्रशिक्षण तथा कमिटी गठन भएको छ । भेलाले राजकुमार श्रेष्ठको अध्यक्षतामा २५ सदस्सिय वडा कमिटी गठन गरेको छ । मन्थली नगरपालीकाको वडा नं ११ र १२ को भेला पनि शनिबारै गेलुमा सम्पन्न भएको छ । भेलाले क्रमश केशव घिमिरे र भोजबहादुर कार्कीको अध्यक्षतामा २१ र ३१ सदस्सिय कमिटी गठन गरेको छ ।
मन्थली नगरपालीकाकै वडा नं ४ सालुमा भएको भेलाले श्याम खड्काको अध्यक्षतमा २९ सदस्सिय वडा समिति गठन गरेको छ । यसै गरि लिखु गाउँपालिकाको वडा नं ५ नागदहमा पनि कार्यकर्ता भेला तथा कमिटि गठन भएको छ । यसै गरी उमाकुण्ड गाउँपालिकाको गुम्देलमा समेत पार्टीको भेला सम्पन्न भएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।