मोटरसाइकलमा दुर्घटनामा परि घाइे भएका काँग्रेस नेता खड्काको मृत्यु

  • प्रकाशित मिति: शनिबार, चैत्र ५ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ५ गते,
रामेछापको सदरमुकाम मन्थली नगरपालीका २ करमबोटमा शुक्रबार दिउँसो मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते भएका गोकुलगंगा गाउँपालिका ६ फर्पूका गजेन्द्र खड्काको शुक्रबार राति ज्यान गएको छ । मन्थलीको करमबोटमा शुक्रबार दिउसो १ बजेतिर विपरित दिसाबाट आएको सुपरसिटी यातायातको बा १ ज ९६०३ नं. को माइक्रोवसले ठक्करदिँदा गोकुलगंगा गाउँपालिका–६ फर्पूका बा २ प ८१९४ नं. को मोटरसाइकल चालक ४० वर्षिय भरत खड्काको घटनास्थमा नै मृत्यु भएको थियो भने उनका बाबु ६५ वर्षिय काँग्रेस नेता गजेन्द्र खड्का गम्भिर घाइते भएका थिए ।
घाइते खड्काको उपचारका क्रममा ग्राण्डी अस्पताल काठमाडौँमा ज्यान गएको हो । साविकको फर्पु गाविस पुर्व अध्यक्ष एवं कांग्रेस नेता गजेन्द्र खड्कालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडाँै लगिएको थियो । मृतक खड्काको शव शनिबार दिउँसो काठमाडौँबाट मन्थली ल्याई पोष्टमार्टम गरिएको छ ।