रामेछाप । चैत ४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकामा हाईस बस र मोटर साईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
मन्थली नगरपालिका वडा न. २ स्थित मन्थली चरिकोट सडक खण्डमा पर्ने करम्बोट डुम्रे भन्ने स्थानमा बा २ प ८१९४ नम्बरको मोटरसाइकल र बा १ ज ९६०३ नम्बरको सुपर सिटि हाइस एकआपसमा ठोक्कीदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको र मोटरसाइकलको पछाडी सवार चालकका बुबा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा राममेछाप जिल्ला फर्पु गाविस वडा नम्बर २ का ४३ बर्षिय भरत विक्रम खड्का रहेको र घाईते हुनेमा मृतकको बुबा गजिन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक प्रेम जोसीले जानकारी दिए । गम्भिर घाईते खड्कालाई सदरमुकाम मन्थलीमा रहेको ताकोसी सहकारी अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
रामेछापको मन्थलीमा हाईस र मोटरसाईकल ठोक्कीदा , छोराको मृत्यु , बाउ गम्भिर घाइते
- प्रकाशित मिति: शुक्रबार, चैत्र ४ २०७३
- तामाकोसी खबर