मन्थली क्याम्पसमा निर्वाचित स्ववियु पदाधिकारीद्धारा सपथ ग्रहन

  • प्रकाशित मिति: बुधबार, चैत्र २ २०७३
  • तामाकोसी खबर

रामेछाप । २ गते,चैत,
रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको फागुन १८ गते सम्पन्न निर्वाचनवाट चयन भएका पदाधिकारीहरुले बुधबार सपथ लिएका छन् । क्याम्पस प्राङगनमा भएको एक कार्यक्रमका बिच अनेरास्ववियुका तर्फवाट निर्वाचित सभापति कपिल मगर,ंनेविसंघका तर्फवाट सचिवमा बिमल पौडेल,अनेरास्ववियुबाट कोषाध्यक्षमा अनिशा कार्कीले निर्वाचन अधिकृत नारद थापाबाट सपथ लिएका हुन् । त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका तर्फवाट राजकुमार मानन्धर,दोर्जे तामाङ ,सरिता माझीले र निरु कंडेलले सपथ लिएका छन् । त्यस्तै नेपाल विद्यार्थीं संघका तर्फबाट यम बहादुर भुजेल र दिपा महतले सपथ लिएका छन् । यस्तै समानुपातिबाट आएका ६ जनाले पनि सपथ लिएका छन् । जसमा अनेरास्ववियुवाट सरिता खाती र प्रकाश श्रेष्ठ नेविसंघबाट संगिता खड्का ,बिमोद श्रेष्ठ, मदन कृष्ण खरेल र क्रान्तिकारीवाट लालुमाया तामाङलाई पनि निर्वाचन अधिकृत थापाले एकसाथ सपथ खुवाएका हुन् । स्ववियु उपसापतिमा सरिता खाती र सह–सचिवमा प्रकाश श्रेष्ठ आउने निधो भएपनि निर्णय भने बिहिबारमात्रै हुने मन्थली क्याम्पसका स्ववियु सभापति कपिल मगरले बताए । उनले अबको दिनमा स्ववियुले मन्थली क्याम्पसमा प्रभावकारी काम गरेर देखाउने बताए । आफुहरुले निर्वाचनताकामा धेरै ठुलो आश्वासन नदिएकाले सोहि अनुसार क्याम्पस र विद्यार्थीको हित हुने काम गर्ने बताए । कार्यक्रममा बोल्दै सचिव पौडेलले स्वविय बहुमत छ भन्दैमा एकलौटी रुपमा चल्न नहुने बताए । उनले सथिहरुको माझमा यस्ता खालका हल्लाहरु पनि आएकाले क्याम्पसमा राम्रो काम गर्नका लागी मिलेर जानुको विकल्प नभएको बताए । सपथग्रहन कार्यक्रममा क्याम्पसका अध्यक्ष धुब्र सुवेदी , क्याम्पस प्रमुख टंक प्रसाद दाहाल , शिक्षक लगाएत पुर्व विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । फागुन १८ गते भएको निर्वाचनामा कपिल मगर नेपाल बिद्यार्थी संघका सुन्दर घिमिरेलाई २० मतले र अखिल क्रान्तिकारीका जयदीप मगरलाई १ सय ७१ मतले पछि पार्दै सभापतिमा बिजयि भएका थिए । ४ सय ४२ जना बिद्यार्थीले मतदान गरेकोमा सभापतिमा बिजयी कपिल मगरले १ सय ९२ र पराजित घिमिरले १ सय ७२ र जयदिप मगरले जम्मा ७१ मत ल्याएका थिए । त्यस्तै अनेरास्ववियुका पुष्कर भट्राई १९ र अखिल क्रान्तिकारीका प्रदीप श्रेष्ठलाई ८७ मतले पछि पादै नेपाल विद्यार्थी संघका तर्फबाट बिमल पौडेल सचिवमा बिजयी भएका थिए । नेपाल बिद्यार्थी संघका युवराज सुवेदीलाई १२ र अखिल क्रान्तिकारीका युवराज सुनुवारलाई ९७ मतले हराउदै अनेरास्ववियुका अनिशा कार्की कोषाध्यक्षमा बिजयी भएकी थिईन ।