मन्थलीमा बाल क्लबबाट युवा अवस्थामा प्रवेस गरेका युवाहरुसंग अन्र्तक्रिया

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७३
  • तामाकोसी खबर

रामेछाप । २४ गते, फाल्गुण,
रामेछापको सदरमुकाम मन्थलीमा बाल क्लबबाट युवा अवस्थामा प्रवेस गरेका युवाहरुसंग अन्र्तक्रिया तथा तथ्याङक संकलन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग ,जिल्ला विकास समिति रामेछाप र महिला तथा बालबालिका कार्यालय रामेछापको समन्वयनमा जिल्ला बाल कल्याण समिति रामेछाप र सिर्जनशिल समाज नेपाल काभ्रेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सतयदेवी अधिकारिको अध्यक्षतामा भएको हो । जिल्लाका विभिन्न ठाउँमा रहेका बालक्लबमा आवद्ध भएर युवा अवस्थामा प्रवेस गरेका युवाहरुको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालयमा प्रमुख महिला विकास अधिकृत अधिकारीहरुले रामेछापका बालक्लबहरु त्यति क्रियाशिल नभएको बताईन् । उनले जिल्ला भरका जम्मा ६० वटा बालक्लबहरु जिल्ला बालकल्याण समितिमा दर्ता भएका बताईन् । उनले बालबालिकाहरुको अधिकारलाई सुरक्षित गर्नका लागि गाउँगाउँबाट बालक्लवहरु सक्रिय रुपमा लाग्नुपर्ने बताईन् । रामेछापमा पहिछल्लो समयमा यौनजन्यहिंसा त्यसमा पनि बालिका यँौन हिंसा बढेको उनको भनाई छ । भर्खरै रामेछापको पुरानागाउँ गाविस वडा नम्बर एकमा शिक्षले विद्यार्थीमाथि यौन हिंसा गरेको र पैसाको लेनदेनमा मिलापत्र भएको भन्ने सूचना टेलिफोनबाट आएको र त्यसका लागी महिला तथा बालबालिका कार्यालयले पहल गरिरहेको बताईन् । कार्यक्रममा जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले जिविसले बालबालिकाका सवालमा गरेका कार्यक्रमका बारेमा जानकारी दिएका थिए । उनले अहिलेको समयमा बाल क्लब र बाल क्लबमा आद्ध भै युवा अवस्थामा प्रवेश गरेका युवाहरु मिलेर अगाडि बढ्नु अत्यावश्यक रहेको बताए । जिल्ला युवा समितिका अध्यक्ष प्रकाश कुमार कार्कीले नेपालको संविधाने बालबालिका लगाएत सबैका अधिकारहरु प्रष्टसंग उल्लेख गरेकाले त्यसको कार्यान्वयनका लागी सबै लाग्नुपर्ने बताए । उनले जिल्ला युवा समितिले युवाका सवालमा बिभिन्न गतिबिधिहरु संचालन गरिरहेकाले यसमा संलग्न हुने आह्वान समेत गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका सचिव नवराज श्रेष्ठले मुलुकलाई कस्तो बनाउने त्यो बालबालिकाको हातमा रहेकाले गाउँगाउँबाट बालक्लबहरु जाग्नुपर्ने बताए । उनले अहिले पुननिर्माण जस्तो महत्वपुर्ण काम भैरहेकाले त्यसमा बालमैत्री संरचनाहरु बनाउनका लागी बाल क्लब र युवा अवस्थामा प्रवेश गरेका युवाहरुले ठुलो भुमिका निर्वाहा गर्नुपर्नेमा जोड दिए । बालक्लबहरुले गरेका कार्यक्रम र बाल क्लबमा आवद्ध हुदाखेरीका अनुभव साटासाट एवं अन्र्तक्रिया समेत भएको कार्यक्रम श्रृजनशिल युवा समाज चिसापानीका लब श्रेष्ठले संचालन गरेका थिए ।