रामेछाप । १८ , फाल्गुण ,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जि मतदान भएको खुलासा भएको छ । मतदान क्रममा मन्थली नगरपालिका साविकको गाविस सुनारपानीका बि.एड दोस्रो बर्षमा अध्ययन गर्ने समिता बि.कको नाममा रामेछाप नगरपालिका साविक सुकाजोर गाविसकी समिति बिकले मतदान गरेको खुलासा भएको हो । फर्जि मतदान गर्ने रामेछाप नगरपालीकाकी समिता बिकले १२ पनि उत्तिर्ण नगरेकोे र यसमा क्याम्पस प्रशासनले चलखेल गरेको अनेरास्ववियु र अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
उनिहरुले यसमा सत्यतथ्य पक्ता लगाई दोशिलाई कार्वाहि हुनुपर्ने र मन्थली नगरपालीका साविकको गाविस सुनारपानीका बि.एड दोस्रो बर्षमा अध्ययन गर्ने समिता बिकले मतदान गर्न पाउनुपर्ने माग गरेका छन् । यसबारेमा निर्वाचन समितिका संयोजक नारद थापाले समिता बि.कको नाममा मतदान भैसकेकाले अब मत बदर पनि नहुने र समिता बिकले मतदान पनि गर्न नपाउने बताए । उनले यसमा आफ्नो कुनै कमजोरी नभएकाले यसको दोष क्याम्पस प्रशासनलाई जाने बताए । फर्जि मतदान भएको स्विकार गदै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद दाहालले दोषीलाई कडा भन्दा कडा कार्वाहि गर्ने बताए । उनले दोषिको प्रहरीले खोजी गरिरहेकाले निजलाई सरोकारवाला निकायले कार्वाहि गर्ने बताए । काम गर्ने बेलामा कमि कमजोरी हुने र आफुहरुका तर्फवाट पनि कमजोरी भएको तर यसका बारेमा क्याम्पस प्रशासनले कडा कदम चाल्ने उनको भनाई छ ।
यता पिडित बि.एड दोस्रो बर्षमा अध्यनरत समिता बिकले भने आफुमाथि अन्याय भएको भन्दै मतदान गर्न पाउनुपर्ने माग गरेकी छिन् । उनले आफुले चाएको उम्मेद्वारलाई भोट हाल्नका लागी टाढा वाट आएको र भोट हाल्ने अधिकार भएकाले कुनैपनि हालतमा भोट हाल्न पाउनुपर्ने बताएकी छिन् । रामेछापका प्रहरी प्रमुख प्रहरी निरिक्षक कुमोद ढुंगलले पिडितलाई भोट हाल्ने बाताबरण बनाई दिने बताएका छन् ।
यो समाचार तयार पार्दा सम्म जारी मतदानमा ३ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ । करिव ४ सय ५० सम्म मत खस्न सक्ने निर्वाचन समितिको अनुमान छ ।
मन्थली क्याम्पसको स्ववियु चुनावमा फर्जि मतदान
- प्रकाशित मिति: बुधबार, फाल्गुन १८ २०७३
- तामाकोसी खबर