रामेछाप । १०,फागुण ,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव दिनेश कुमार थपलियाले कर्मचारिका लागी संविधानमा भएको ब्यवस्थाको ब्याख्या
गरिए संघियतामा प्रशासनिक समायोजन सम्भव नभएको बताएका छन् । संविधानमा कर्मचारीहरुलाई सार्वजनिक प्रशासन , निजामति सेवा र राष्ट्रसेवक कर्मचारी भनेर फरक÷फरक शब्द राखिएकाले संघियतामा प्रशासनिक समायोजन गर्न यसको फरक÷फरक ब्याख्या र विश्लेषण गर्न नहुने उनको भनाई छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारले रामेछापको
सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको संघिय कार्यान्वयन तथा प्रशासन पुनःसंरचना सम्बन्धमा सरोकारवालाहरुसंगको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अब स्थानिय तहमा जाने कर्मचारीहरु एकिकृत दृष्ट्रिकोणले जानुपर्ने उनको भनाई छ । उनले फलानो यस्तो सेवा पास गरेर आएको , फलानो यतापटिको वा उतापटिको भन्ने सोचका साथ स्थानिय तहमा गए संघियतामा प्रशासनिक समायोजन गर्न नसकिने बताए । उनले अब हुने कर्मचारी प्रशासनिक संरचना र कर्मचारीको समायोजनपछि बिगतका देखिएको कर्मचारिविचको विभेद् अत्य हुनुपर्ने बताए । उनले कर्मचारी÷कर्मचारी लफडाका कारण नागरिकहरुले सेवा नपाउने अवस्था अबको दिनमा आउन नहुने बताए ।
रामेछापका निमिक्त प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव प्रेमलाल लामिछानेले संघिय कार्यान्वयन तथा प्रशासन पुनःसंरचना सम्बन्धि कर्यालयले तयार पारेको रणनितिका बारेमा जानकारी गराएका थिए । रामेछापका राजनैतिका दलका प्रमुख एवं प्रतिनिधि, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख लगाएत कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा कर्मचारीसंग जोडिएका बिभिन्न बिषयमा सामुहिक छलफल समेत भएको थियो ।
कर्मचारीबिचको विभेद् चाडै अत्य हुनुपर्छ :प्रधानमन्त्री कार्यालयका सचिव थपलिया
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १० २०७३
- तामाकोसी खबर