काभ्रे । ९ ,फागुण,
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता रकम वितरणका लागि गाउँगाउँमा खटिने इन्जिनियरहरुले दोस्रो किस्ता रकमका लागि भर्नु
पर्ने फर्म तथा निर्दे्शिका जिल्लामा पठाएपछि काभ्रेका भुकम्प पिडितहरुले दोस्रो किस्ताको रकम पाउने भएका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेका डिभिजन प्रमुख अष्टलाल सुवालले प्राधिकरणले पठाएको दोस्रो किस्ताको निर्दे्शिका तथा दोस्रो किस्ता रकम पाउनका लागि भर्नुपर्ने फर्महरु इन्जिनयरहरुमार्फत गाउँगाउँमा पठाइएको बताए । उनले पहिलो किस्ताबाट घर निर्माण सुरु गरेका भुकम्प पिडितहरुले गरेका कामहरुको बारेमा फर्म भरेपछि दोस्रो किस्ताको रकम वितरणको लागि बाटो खुल्ने बताए । सुवालले दोस्रो किस्ताको रकम पाउनका लागि प्राधिकरणले पठाएको फर्म भेरेर इन्जिनियरहरुले सिफारिस गर्नुपर्ने बताए ।
इन्जिनियरहरुले दोस्रो किस्ता रकम पाउन योग्य भनेर सिफारिस गरेर पठाएपछि जिल्ला विकास समितिको कार्यालय काभ्रेले दोस्रो किस्ताको रकम वितरण सुरु गर्ने सुवालले बताए । कार्यालयका अनुसार हालसम्म एक हजार भन्दा धेरै भुकम्प पिडितहरुले आफैँ घर निर्माण गरिसकेका छन् । २०७२ बैशाख महिनामा गएको विनाशकारी भुकम्पबाट क्षति भएका घरहरुमध्ये दुई हजारभन्दा धेरै भुकम्प पिडितहरुले नीजि आवास पुनःनिर्माणको अनुदान रकम लिएर घर निर्माण सुरु गरिसकेका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालयले पहिलो किस्ताको रकमबाट घर निर्माण कार्य सुरु गरेकामध्ये झण्डै ६ सय जनाले दोस्रो किस्ताको रकम विनियोजन गर्नका लागि निवेदन दिइसकेका छन् । भुकम्पबाट घर क्षति भएको भन्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ७० हजार ६ सय ३४ परिवारले अनुदान रकम पाउने भन्दै लाभग्राहीको सूचि प्रकाशन गरेको थियो ।
काभ्रेका भुकम्पपीडितलाई दोस्रो किस्ता रकम दिन बाटो खुल्यो
- प्रकाशित मिति: सोमबार, फाल्गुन ९ २०७३
- तामाकोसी खबर