रामेछापमा २७ गैर–सरकारी संस्थामात्रै क्रियाशिल छ : अध्यक्ष घिसिङ

  • प्रकाशित मिति: बुधबार, माघ २६ २०७३
  • तामाकोसी खबर

रामेछाप । २६,माघ ,
रामेछाप जिल्लामा दर्ता भएका मध्य करिब ३ सय गैर–सरकारी संस्थामात्र नियमित नविकरण भएको गैर–सरकारी संस्था महासंघ रामेछापले जनाएको छ । ७ सय भन्दा बढि गैर–सरकारी संस्थाहरु गैरसरकारी संस्था महासंघ रामेछापमा दर्ता भएपनि ३ सय संस्थामात्र नियमित नविकरण गरी सञ्चालनमा रहेको गैर–सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन कुमार घिसिङले बताए  । जिल्लामा नियमित नबिकरण भएका  संस्थाहरुमध्यमा पनि २७ वटा संस्थामात्रै क्रियासिल रहेको उनको भनाई छ । उनले जिल्लामा क्रियाशिल संस्थाहरुले कृषिमा आधारित जिविकोपार्जन , बालअधिकार , बालसंरक्षण , पुननिर्माणसंग जोडिएको कार्यक्रमहरु संचालन गरिरहेको बताए । उनले जिल्लामा काम गरिरहेको गैर–सरकारी संस्थाहरुमा महिला सहभागिता भने निकै कम रहेको बताए । उनले संस्थाको अध्यक्ष लगाएत नेत्तृत्व तहमा भने एकाध बहेक महिलाको सहभागिता पुग्न नसकेको बताए । उनले सामाजिक संरचना, अपेक्षा अनुरुप क्षमतामा विकास हुन नसक्दा महिला नेत्तृत्व तहमा पुग्न नसकेको बताए । तल्लो तहमा हुने गतिबिधिमा महिलाको सहभागिता बढ्दोे रहेपनि माथिल्लो तहमा महिला सहभागिता र नेत्तृत्व न्युन रहेको उनको भनाई छ  । रामेछापमा अन्य समुदायभन्दा दलित ,जनजाति , हायु समुदायका महिलाहरुमा चेतनामुलक कार्यक्रमको अत्यावश्यक रहेको अध्यक्ष घिसिङले बताए ।