मन्दिर भित्र पसेको भन्दै दलितलाई ५ हजार तिराउने पक्राउ

  • प्रकाशित मिति: सोमबार, माघ २४ २०७३
  • तामाकोसी खबर

रामेछाप ।  २४, माघ
रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दिर भित्र पसेको निहुमा ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्ण कुमार बिश्कर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दिरमा पुँजा गर्दा सो जरिवाना तिर्नुपरेको हो ।  बिश्वकर्मा मन्दिरमा पुँजा गर्न पसेपछि पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले  चोख्याउनु पर्छ भनि मन्दिरमा रुद्री लगाएपछि ५ हजार जरिवाना तिराएका हुन् ।
माघ २२ गते शनिबार मन्दिरान पुजा गर्दा पुजारीहरु बिच हल्ली खल्ली भएपछि पुजारीहरु दलित मन्दीरमा पसेको भन्दै पुजा नगर्ने भन्दै हिडेको पिडित कृष्ण बहादुर बिश्वकर्माले बताए । मन्दिर चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरु मानिसलाई पुजा गर्न लगाएको प्रत्यक्ष दर्शि बेताली गाविसका प्राबिधिक बाबुराम घिमिरेले बताए  । मन्दिर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै पिडित बिश्वकर्माले प्रहरीमा उजुरी दिएपछि पिडकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सदरमुकाम मन्थली ल्याएको छ । पिडितको उजुरी अनुसार अहिले घटनाको छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।