अब मोबाइलबाटै राहदानी फाराम भर्न सकिने

  • प्रकाशित मिति: बुधबार, पुष २० २०७३
  • तामाकोशी

२० पुस, काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्यदूतावासबाट निवेदन लिन थालिएको हो ।
विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको फाराम भरेर पठाएपछि सम्बन्धित निकायले आवेदन प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । राहदानी विभाग काठमाडौं, नेपाली दूतावास कतार, साउदी अरेबिया, मेलेसिया, अबुदाबी, बेलायत, कुवेत वासिंटन डिसी तथा महावाणिज्यदूतावास न्यूयोर्क र हङकङबाट राहदानीका लागि आवेदन फारम भर्न सकिनेछ ।