सिन्धुली । चैत ९ गते,
एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीले शिक्षक बलिदान दिवस मनाएको छ । संगठनले सिन्धुलीका शिक्षक शहीद खड्गबहादुर देवकोटाको बलिदानलाई सम्झिदै उनको स्मृति दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा (माओवादी) केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश सांसद बुद्धिमान माझीले शहीदहरुको सपना साकार पार्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । देश समाजवादी दिशातर्फ अगाडि बढेकाले पुँजीवादी बिकृतिका बिरुद्ध लड्न जरुरी रहेको माझीको भनाई छ । शहीदहरुको सपना पुरा गर्न आफुहरु सधै प्रतिबद्ध रहेको उनले बताए । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सांसद राजन दाहालले शहीदहरुको बलिदान क्रान्तिको उर्जा भएको बताउँदै बलिदानकै कारण मूलुकमा गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समानुपाति समावेशी सिद्धान्त स्थापित भएको बताए । शहीदहरुको सपना पुरा गर्न अझ बढी समाजवादी बिचारहरुलाई व्यस्थित गर्न आवश्यक रहेको दाहालको भनाई छ । कार्यक्रममा शहीद खड्ग देवकोटाको पत्नी मनोप्रभा देवकोटा र वेपक्ता शिक्षक चित्रनारायण श्रेष्ठको जीवनसंगीनी साबीत्री श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सिन्धुलीमा सहिद शिक्षक बलिदान दिवस
- प्रकाशित मिति: शुक्रबार, चैत्र ९ २०७४
- तामाकोसी खबर