विप्लव माओवादीद्वरा रामेछाप प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

  • प्रकाशित मिति: शुक्रबार, माघ २६ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ २६ गते,
नेपाल कम्युनिष्ट पार्टी ( विप्लव समुह ) रामेछापले विभिन्न ७ वुदे माग सहित जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा जिल्लाको विभिन्न निकायमा हुने भ्रष्टचार, कालोबजारी, अनियमितता, प्रशासनिक ढिला सुस्ती गर्नेलाई कारवाही गर्न माग गरिएको छ । पत्रमा साम र दाममा विक्ने कर्मचारीलाई कार्वाही र इमान र इज्जतका साथ काम गर्ने कर्मचारीहरुलाई सम्मान र पुरस्कारको व्यवस्था गर्नुपर्ने, पुननिर्माण सम्बन्धी सामाग्रीमा बढेको मुल्य वृद्धि घटाउनुपर्ने, भूकम्प पीडितलाई एकमुष्ट १० लाख दिनुपर्ने लगाएतको माग गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ( विप्लव समुह ) रामेछापका इन्चार्ज जमीन र सेक्रेटरी अभिलाषाले हसताक्षर गरेको ज्ञापनपत्रमा नगरपालिका र गाउँपालिकाले घरको नक्सा बनाए वापत विना रसिद लिने गरेको रकम नागरिकलाई फिर्ता गर्नु पर्ने, भूकम्प पीडितको घर निर्माणका लागि ५ बर्ष समय थप्नुपर्ने माग पनि गरिएको छ ।
यस्तै गतवर्ष जिल्ला प्रशासन कार्यालय, राजनितिक दल, यातायात व्यवसायीक संघ र पत्रकार महासंघ जिल्ला शाखा रामेछाप बिच भएको यातायातका साधनको भाडादर बारे भएको सहमति तत्काल कार्यान्वय गर्ने पनि ध्यानाकर्षन पत्रमा माग गरिएको छ ।