२९ वर्ष पछि ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

  • प्रकाशित मिति: आइतबार, माघ ७ २०७४
  • तामाकोसी खबर

अभियुक्त हरिबहादुर सुनुवार

रामेछाप । माघ ७ गते,
रामेछापमा ज्यान मुद्दाका एक फरार अभियुक्त २९ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले ज्यान मुद्दामा फरार रहेका रामेछापको भूजिका हरिबहादुर सुनुवार भनिने कुमार सुनुवारलाई शनिबार पक्राउ गरेको हो ।
जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका सुनुवार २०४५ सालदेखि फरार थिए । ५६ वर्षिय सुनुवारले २०४५ साल कार्तिक ३ गते भुजिका १९ बर्षिय कमल बहादुर सुनुवारको हत्या गरी फरार भएको आभियोगमा अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । फरार अभियुक्त विरुद्ध मृतकका दाइ भक्त बहादुर सुनुवारले जाहेरी दिएका थिए ।
भारतको सिलाङमा लामो समयदेखि लुकिछिपि बस्दै आएका उनलाई प्रहरीले पिछा गरी रहेको थियो । प्रहरीले सुराकीको आधारमा उनी भुजि स्थिति आप्mनै घरमा आएको मौका पारि शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए । पक्राउ गरिएका सुनुवारलाई आइतबार प्रहरीले जिल्ला अदालत रामेछापमा बुझाएकोमा उनलाई आइतबारै जेल चलान गरिएको छ ।