रामेछाप । कार्तिक ७ गते,
आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछाप जिल्लाबाट १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताले मतदान गर्दैछन् । निर्वाचनमा जिल्लाबाट ७६ हजार १ सय ३४ महिला र ७६ हजार ४ सय २५ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा भन्दा यो निर्वाचनमा रामेछापबाट १८ हजार भन्दा बढि मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले जानकारी दिए । निर्वाचन अधिकारी उपाध्यायका अनुसार रामेछापको प्रदेश तर्फ क्षेत्र नम्बर १ बाट ३६ हजार ४ सय ६२ महिला र ३६ हजार ७ सय ५ पुरुष गरी ७३ हजार १ सय ६७ मतदाताले निर्वाचनमा भाग लिँदै छन् ।
त्यसैगरी प्रदेशको क्षेत्र नम्बर २ मा ३९ हजार ६ सय ७२ महिला र ३९ हजार ७ सय २० पुरुष गरी ७९ हजार ३ सय ९२ मतदाताले मंसिर १० गते हुने निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
आगामि निर्वाचनका लागि रामेछापमा १ लाख ५२ हजार ५ सय मतदाता
- प्रकाशित मिति: मंगलबार, कार्तिक ७ २०७४
- तामाकोसी खबर