भुकम्प गएको २८ महिनामा ओखलढुंगामा १६ सय ७४ घर बन्यो

  • प्रकाशित मिति: बुधबार, भाद्र २८ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । भदौ २८ गते,
भुकम्प गएको २८ महिनामा ओखलढुंगामा १ हजार ६ सय ७४ घर पुर्न्िनर्माण भएका छन् । विभिन्न प्राविधिक कारणले पुनर्निर्माण सकिएका सबै लाभग्राहीले तेश्रो तथा अन्तिम किस्ता भने पाइसकेका छैनन् । हालसम्म ५ सय ३८ जनाले मात्र तेश्रो किस्ता पाएका छन् । तेश्रो किस्ताका लागि १ हजार ६ सय ८० जनाको प्रमाणिकरण भईसकेको राष्ट्रिय पुननिर्माण समन्वय समिति ओखलढुंगाले जनाएको छ । प्रमाणिकरण भईसकेकाले केही दिनमै तेश्रो किस्ता पाउने राष्ट्रिय पुर्न्िनर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमूख युवराज खरेलले बताए । पुर्न्िनर्माण प्राधिकरणका अनुसार जिल्लामा हाल ६ हजार ४ सय ७९ घर निर्माणको चरणमा छन् । ४ हजार ७३ ले दोश्रो किस्ता पाईसकेका छन् । प्राविधिक गाउँमा नबस्नु पुर्न्िनर्माण ढिलाई हुनुको प्रमूख समस्या बनेको सरोकारवालाले बताए ।