रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी सिंहको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै रामेछापका डिएसपी सिंह सहित १२१ डिएसपीको सरुवा गरिएको जनाएको छ ।
अब रामेछाप प्रहरी प्रमुखमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भोलाकुमार भट्ट आउने भएको छ । डिएसपी सिंहले २०८० चैत १५ गतेबाट रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिलकुमार खड्काको नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल काठमाडौँमा सरुवा भएको छ ।
ओखलढुङ्गाका डिएसपी कृष्ण खड्काको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुरमा सुरुवा भएको छ भने उहाँको ठाउँमा मोरङबाट मदन केसी आउने भएको छ ।
सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेको जिल्ला प्रहरी परिसर ललितपुरमा काज सरुवा भएको छ । सोलुखुम्बुमा भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज केन्द्रीय प्रहरी पुस्तकालयबाट मनोजित कुँवरलाई पठाइने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।