चितुवाको आक्रमणबाट दोलखामा एक महिला घाइते

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २२ २०८१
  • तामाकोशी

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–५ सहरे भंगेरीमा चितुवाले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । बिहीबार बिहान घरबाट दूध लिने जाने क्रममा भंगेरीकी ५० वर्षीया मीना खड्का घाइते बनेकी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शत्रुधन महतोले बताउनुभयो । चितुवाको आ क्रमणबाट खड्काको अनुहार र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते महिलाको पशुपति चौलागाई प्रादेशिक अस्पताल चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।