रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले हराएको सुनका गरगहना फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको छ । मङ्गलवार दिउँसो रामेछाप सदरमुकाम मन्थली बसपार्कबाट देबकोटाचोक तर्फ जाँदै गरेको प्र.२-०२-००१ ह ६७१ नं.को अटोमा सवार लिखु तामाकोशी गाउँपालिका ६ खिम्ती घर भई हाल मन्थली बसपार्क बस्ने सुनमाया बि.क.को साथमा रहेको सुनको गर-गहना हराएपछि प्रहरीलाई जानकारी आएको थियो । गरगहना हराएको जानकारी आएपछि सिसिटिभी मार्फत आवश्यक अनुसन्धान गरी हराएको गरगहना फेला पारी सुनमाया बि.क.लाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।