रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकाले भोलि (शुक्रवार) सार्वजनिक बिदा दिएको छ । भोली (शुक्रवार) तामाङ समुदायको सोनाम ल्होसार मनाउन गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । बिहीबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले एक सूचना जारी गरी सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको हो । बिहीबार बसेको गाँउकार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार तामाङ समुदायको २८६० औँ डुक लो सोनाम ल्होसारको उपलक्ष्यमा भोलि(शुक्रवार) पालिका स्तरीय सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जारी गर्नुभएको सूचनामा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जारी गर्नुभएको सूचनामा वृहत् ल्होसार कार्यक्रमको आयोजना गरिएको हुँदा गाउँपालिकाले स्थानीय स्तरमा सार्वजनिक बिदा दिने निर्णय भएको’ उल्लेख छ । यसअघि जिल्लाको सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाले पनि ल्होसारमा सार्वजनिक बिदा दिएका थिए ।
