समावेशी साकोस चिसापानीले गत वर्ष २६ लाख ३६ हजार नाफा कमायो

  • प्रकाशित मिति: शनिबार, असोज २० २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सञ्चालित समावेशी बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा २६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सहकारीको शनिवार चिसापानीमा सम्पन्न १४ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष भीमकुमार श्रेष्ठले संस्थाले गत आर्थिक वर्ष २०७९÷०८० मा ७६ लाख ६० हजार ८६३ रुपैयाँ ३३ पैसा आम्दानी गरेकोमा खर्च कटाएर २६ लाख ३६ हजार ८८५ रुपैयाँ २७ पैसा खुद नाफा कमाएको जानकारी दिनुभयो । कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सो संस्थाको शेयर रकम ६३ लाख ५० हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै बचत रकम ५ करोड ४४ लाख १३ हजार ६१५ रुपैयाँ ८९ पैसा पुगेको छ । संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा संस्थाले ४ करोड १२ लाख ७६ हजार ९६३ रुपैयाँ ऋण लगानी गरेको छ ।
कार्यक्रममा सहकारीकी सचिव सरिता श्रेष्ठले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा हाल रहेको एक हजार २२३ जना शेयर सदस्यबाट कम्तीमा एक हजार ४०२ जना शेयर सदस्य पुर्याने लक्ष्य संस्थाले लिएको जानकारी गराउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ मा सहकारीको चुक्ता शेयर पुँजी ७७ लाख ६८ हजार ९०० रुपैयाँ र बचत रकम ६ करोड ५ लाख ६३ हजार ९१८ रुपैयाँ ३८ पैसा पु¥याउने सचिव श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा उल्लेख छ । सचिव श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ मा ५ करोड ७२ लाख ४४ हजार ७०८ रुपैयाँ ऋण लगानी लक्ष्य सहितको २५ बँुद्दे आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष शान्ता कुमारी श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठको प्रमुख आतिथ्यमामा संस्थाको १४ औँ साधारणसभा भएको हो । यो सहकारी २०६७ साल वैशाख ७ गते डिभिजन सहकारी कार्यालय काभ्रेपलान्चोक दर्ता भएर सञ्चालन आएको थियो ।