रामेछाप । आज नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सव । यो अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वयमा आइतबार कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका सदस्य र प्रहरी कर्मचारी गरी १८ जनाले रक्तदान गरेका छन् ।
नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सव, रामेछापमा रक्तदान
- प्रकाशित मिति: आइतबार, साउन २८ २०८०
- तामाकोशी