रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहल निर्माण व्यवसायीले लामो समयदेखि काम रोक्दा अलपत्र बनेको छ । मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला किनारमा तीन वर्ष अघि निर्माण सुरु भएको कभर्डहलको करिब ८० प्रतिशत काम सकेर निर्माण व्यवसायीले अलपत्र अवस्थामा छाडिदिएको छ । मन्थली नगरपालिका– २ का वडाध्यक्ष सुरेन्द्र कार्कीले जिल्लाकै महत्त्व बोकेको कभर्डहल को–कसका कारण निर्माण कार्य सम्पन्न हुन नसकेको हो त्यसको स्पष्ट जानकारी दिनुपर्ने बताउनुहुन्छ ।
दुई करोड ८५ लाखको स्टमेट रहेको अटोमेटिक चियर राख्ने काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले ठेक्का लिएको र अहिले त्यो काम गर्न नसक्दा निर्माण व्यवसायीले काम कभर्डहल अलपत्र बनाएको स्थानीय जयप्रकाश श्रेष्ठ बताउनुहुन्छ । ‘दुई करोड ८५ लाखको अटोमेटिक चियर राख्ने काम जम्मा ८५ लाखमा ठेक्का पारेको र अहिले काम गर्न नसकेको भन्ने सुन्नमा आएको छ’, उहाँले भन्नुभयो । बहुउद्देश्यीय कभर्डहल लामो समयदेखि अलपत्र बन्दा रामेछापका खेलाडीहरूलाई समस्या भएकाले अब नयाँ ठेक्का प्रक्रियाबाट भने पनि यसको निर्माण सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।
अब निर्माण व्यवसायी र निर्माणको ठेक्का लगाउने कार्यालयको विवाद हेरेर स्थानीय नबस्ने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो ‘‘जिल्लाकै महत्त्व बोकेको कभर्डहल कसका कारण बेवारिसे बन्यो । निर्माण गर्ने हो भने काम गर्नु प¥यो । निर्माण हुँदैन भने किन? हुँदैन प्रस्ट जानकारी दिनुपर्छ । यसरी सार्वजनिक जग्गा ओगटेर निर्माण सुरु गरेको संरचना बेवारिसे बनाउने छुट कसैलाई छैन।’’ जम्मा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असारबाट सो कभर्डहल निर्माणको काम सुरु गरेको थियो ।
तर, ३६ महिना बित्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८८० रुपैयाँको लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोक मार्फत कभर्डहल निर्माणको ठेक्का लागेको थियो । अन्य स्टकचर निर्माणको काम करिब सकेको कम्पनीले रिमोटबाट चल्ने अटोमेटिक चियरको राख्न नसक्दा कभर्डहल अलपत्र बनेको हो । अन्य स्टकचर बाहेक दुई करोड ८५ लाख रुपैयाँ लागतमा रिमोटबाट चल्ने अटोमेटिक चियरको स्टमेट थियो ।
तर दुई करोड ८५ लाखको स्टमेट रहेको अटोमेटिक चियर राख्ने काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले ठेक्का लिएको र अहिले त्यो काम गर्न नसक्दा निर्माण व्यवसायीले काम कभर्डहल अलपत्र बनाएको स्थानीय जयप्रकाश श्रेष्ठ बताउनुहुन्छ । ‘दुई करोड ८५ लाखको अटोमेटिक चियर राख्ने काम जम्मा ८५ लाखमा ठेक्का पारेको र अहिले काम गर्न नसकेको भन्ने सुन्नमा आएको छ’, उहाँले भन्नुभयो । बहुउद्देश्यीय कभर्डहल लामो समयदेखि अलपत्र बन्दा रामेछापका खेलाडीहरूलाई समस्या भएकाले अब नयाँ ठेक्का प्रक्रियाबाट भने पनि यसको निर्माण सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।
सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोकले पटक पटक म्याद थपेको भए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । गत जेठ मसान्तसम्म पनि निर्माण सम्पन्न नगरे सो कम्पनीलाई कालो सूचिमा राख्ने प्रक्रियामा लाग्ने सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाइले जानकारी दिएको थियो । तर असार बित्दा पनि काम रोकिएको काम सुरु हुन सकेको छैन । रामेछाप सदरमुकाम मन्थलीमा लामो समयदेखि बेवारिसे बनेको बहुउद्देश्यीय कभर्डहलको निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी र निर्माणको ठेक्का लगाउने कार्यालय दुवै आलटाल गरिरहेका छन् ।
