रामेछाप सालुका किसानलाई सुन्तलाका बिरुवा

  • प्रकाशित मिति: बुधबार, असार ६ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले एक वडा एक उत्पादन पकेट विकास कार्यक्रम अन्तर्गत वडा नं ४ सालुका किसानलाई सुन्तलाका बिरुवा तथा कृषि सामाग्री वितरण गरेको छ ।

सालु तामाङ गाउँका लालीगुराँस कृषक समूहका किसानलाई नगरपालिकाले बिरुवा लगायतका सामाग्री वितरण गरेको हो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई एक हजार वटा सुन्तलाका बिरुवा वितरण गरेको छ । किसानलाई सुन्तलाका बिरुवा नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा घिमिरेले वितरण गर्नुभयो । सो क्रममा बिरुवा रोप्ने र संरक्षण गर्ने तरिका पनि किसानलाई सिकाइएको थियो । यसै गरी तीनवटा मिनिटिलर, एउटा खाडल खन्ने मेसिन, १६ वटा सिकेचर, १६ वटा गार्डेन नेट, १६ रोल गार्डेन पाइप लगायतका सामाग्री पनि नगरपालिकाले किसानलाई प्रदान गरेको छ ।