रामेछाप । रामेछापकी चेली सृष्टि लामा ‘द भ्वाइस किड्स नेपाल सिजन २’को फाइनलमा प्रवेश गरेकी छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँकी सृष्टि लामा ‘द भ्वाइस किड्स नेपाल सिजन २’ मा पहिलो बन्न अहिले भोट माग्न विभिन्न कार्यक्रममा सक्रिय छिन् । द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारित एपिसोड १७ बाट कोच मिलन नेवारको टिमबाट प्रतिनिधित्व गर्दै सृष्टि फाइनलमा प्रवेश गरेकी हुन् । सृष्टि लामासँगै टिम मिलनबाट निशीथ विश्वकर्मा पनि फाइनलमा प्रवेश गरेका छन् । सृष्टि अहिले ललितपुर स्थित च्यासलमा बस्दै आएकी छिन । १३ बर्षिया सृष्टि पारी जात बोर्डिङ स्कुलमा अध्ययन गर्छिन् । उनले तेक्वान्दोमा वान डन समेत गरेकी छन् । सामान्य परिवारमा जन्मिएका सृष्टिका बुबा मूर्तिमा सुन लगाउने काम गर्छन् । सृष्टिलाई खल्ती एपबाट भोट गर्न सकिनेछ । ‘द भ्वाइस किड्स नेपाल सिजन २’को फाइनलमा प्रवेश गरेकी रामेछापकी छोरी प्रतिभाशाली बाल गायिका सृष्टि लामालाई भोट गरी विजयी गराउन रामेछापका वाग्मती प्रदेश सांसद युवराज चौलागाईँले सबैलाई आग्रह गर्नुभएको छ ।
रामेछापकी चेली सृष्टिलाई खल्ती एपबाट भोट गर्न सकिन्छ
- प्रकाशित मिति: सोमबार, बैशाख २५ २०८०
- तामाकोशी