रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको जन सङ्गठन नेपाल खेलकुद महासङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु) को केन्द्रीय कमिटीमा रामेछापबाट निर्वाचित पदाधिकारीलाई बधाई, शुभकामना तथा स्वागत गरेको छ । एमाले रामेछापका सचिव पुरुषोत्तम कडरिया र उपसचिव प्रकाश कुमार कार्कीले आइतबार मन्थली नगर पार्टीको कार्यालयमा महासङ्घको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित उज्ज्वल सुवेदी,अनेरास्वबियुको स्थायी कमिटी सदस्यमा निर्वाचित सागरहरि अधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित आङलामु शेर्पा लगायतलाई खादा लगाएर बधाई, शुभकामना व्यक्त गर्दै स्वागत गर्नुभएको हो । नेपाल खेलकुद महासङ्घको विराटनगरमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रामेछापबाट प्रतिनिधित्व गर्दै उज्ज्वल सुबेदी कोषाध्यक्षमा चयन हुनुभएको थियो । त्यसै गरी अखिलको २३ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा रामेछापबाट केन्द्रीय कमिटी सचिव पदमा डा. सुजन कडरिया, स्थायी कमिटी सदस्यमा सागरहरि अधिकारी र विकास श्रेष्ठ निर्वाचित हुनुभएको थियो । त्यसै गरी केन्द्रीय सदस्यमा टक घतानी, सुस्मिता कार्की र तिलक घतानी विजयी हुँदा केन्द्रीय सदस्यमै उम्मेदवारी दिएकी आङलमु शेर्पा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
रामेछापबाट खेलकुद महासङ्घ र अनेरास्वबियुको केन्द्रीय कमिटीमा निर्वाचित पदाधिकारीलाई बधाई तथा स्वागत
- प्रकाशित मिति: आइतबार, फाल्गुन १४ २०७९
- तामाकोशी