रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमा सञ्चालित पर्यटन व्यवसायी सहकारी संस्थाले एक वर्षमा २९ लाख रुपैयाँ बढी नाफा कमाएको छ । माकादुममा शनिवार सम्पन्न संस्थाको १२ औँ साधरण सभामा संस्थाका कोषाध्यक्ष कोषाध्यक्ष कमल महतले आर्थिक वर्ष २०७८÷७९ मा सहकारीले २९ लाख ८४ हजार १२६ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको जानकारी दिनुभयो । कोषाध्यक्ष महतले साधारण सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाको सेयर पुँजी १ करोड ६४ लाख ९ हजार ६ सय पुगेको उल्लेख छ । सहकारीका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । अहिले ३ हजार ७५० जना सेयर सदस्य रहेको सहकारीले हाल सम्ममा ८ करोड ४ लाख ४६ हजार ७८१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले ७ करोड ८० लाख ९४ हजार ९९३ रुपैयाँ बचत सङ्कलन भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
पर्यटन व्यवसायी सहकारी संस्थाले एक वर्षमा २९ लाख बढी नफा कमायो
- प्रकाशित मिति: आइतबार, पुष १७ २०७९
- तामाकोशी