प्रतिनिधि सभा सदस्य टिकटको लागि माओवादी रामेछापबाट ६ जनाको नाम सिफारिस

  • प्रकाशित मिति: मंगलबार, भाद्र २१ २०७९
  • तामाकोशी

रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले उम्मेदवार दाबी गर्नेहरूको नाम सिफारिस गरेको छ । मन्थलीमा सोमबार बसेको माओवादी जिल्ला समन्वय समितिको बैठकले संघको टिकटको लागि पत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा रामेछापको प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, पोलिटब्युरो सदस्य युवराज चौलागाईँ, संविधानसभा सदस्यद्वय डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ र कमानसिंह मोक्तान रहनुभएको छ । त्यसैगरी समानुपातिक तर्फ उद्धव रम्तेल, नरेशबाबु श्रेष्ठ, श्याम नारायण श्रेष्ठ, सुनिता गौतम र श्री बहादुर माझीको नाम सिफारिस गरेको छ । माओवादीले प्रदेश सभा क निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ तारानारायण श्रेष्ठ, पूर्णबहादुर कार्की, प्रदिप राउत, रविन्द्र पौडेल र शिशिर खड्गीको नाम सिफारिस गरेको छ । प्रदेश सभा क निर्वाचन क्षेत्रको समानुपातिक तर्फ इन्दिरा बख्रेले, केशरकुमार कालिकोटे, नारायण नेपाली, विष्णुबहादुर कार्की, भक्तराज थापा, मदनकुमार कालिकोटे, सरिता कार्की (रसाइली) र सरोज कटुवालको नाम सिफारिस गरेको छ । प्रदेश सभा ख निर्वाचन क्षेत्रबाट अम्बिका प्रसाद गजुरेल, दिपकराज प्रसाईँ, धावा लामा र मानबहादुर तामाङको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा ख निर्वाचन क्षेत्रबाट समानुपातिकमा कर्णखर चौलागाईँ, गंगा बुढाथोकी, टिका माल्बुक, दीपक हेल्मु, धनमाया श्रेष्ठ र नेत्र मोक्तानको नाम सिफारिस गरेको छ ।