रामेछाप । नेपाली कांग्रेस रामेछापले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि दाबी गर्नेहरुको नाम सिफारिस गरेको छ । रामेछापमा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । रामेछाप कांग्रेसले प्रतिनिधि सभा सदस्य अन्तरगत प्रत्यक्ष तर्फ पाँच जना र समानुपातिक तर्फ ९ जनाको नाम सिफारिस गरेको छ । शनिवार पार्टी सभापति पूर्णबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले पार्टी सभापति सहित पाँच जनाको नाम प्रतिनिधिसभा सदस्यमा र ९ जनाको नाम समानुपातिक तर्फ जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको नेपाली रामेछापका बिनोद कार्कीले बताउनुभयो । उहाँका नुसार प्रतिनिधि सभा सदस्य अन्तरगत प्रत्यक्ष तर्फ पार्टी सभापति पूर्णवहादुर तामाङ ९कान्छाराम०, पूर्व सभापति रामचन्द्र खड्का, निवर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठ, एकराज बस्नेत र रामेछाप कांग्रेसका प्रवक्ता नारायण बहादुर बोगटीको नाम जिल्लावाट सिफारिस गरी केन्द्रमा पठाइएको छ । त्यसैगरी, समानुपातिक तर्फ पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, ग्याल्जे लामा ९शेर्पा०, पुर्व महाधिवेशन प्रतिनिधिहरु मुक्त बहादुर महते, डा।सुमन कर्माचार्य र विद्यासागर योञ्जन, सुरेन्द्र कुमार घिसिङ, हिमाल दास श्रेष्ठ, मञ्जु पुर्वे र शुसिला मिश्रको नाम पठाइएको छ । प्रदेश सभा सदस्य तर्फ प्रदेश क बाट प्रत्यक्षमा १६ जना, समानुपतिकमा १८ जना गरी ३४ जना र प्रदेशै ख बाट प्रत्यक्षमा १४ जना र समानुपातिकमा १८ जना गरी ३२ जनाको नाम सिफासिर गरी पठाइएको सचिव कार्कीले बताउनुभयो ।
सङ्घको टिकटका लागि रामेछाप कांग्रेसबाट पाँच जना सिफारिस, समानुपातिकमा ९ जना
- प्रकाशित मिति: आइतबार, भाद्र १९ २०७९
- तामाकोशी