रामेछाप । असार १९ गते,
रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा नम्बर ४ बेथानकी कमला लामालाई अहिले भ्याईनभ्याई छ । गरिवी निवार कोषको सहयोगमा गाउँमा संचालीतजोम्सा सामुदायी संस्थाको सचिव रहनु भएकी उहाँलाई संस्थाको सबै कामकाज र हिसावकिताव राख्नु पर्ने जिम्वेवारी छ । त्यस माथि आपैmले सञ्चालन गरेको गलैचा उद्योगलाई व्यवस्थित र व्यवसायीक बनाउने ठूलो जिम्मेवारी उहाँलाई छ ।
काठमाडौँमा गलैँचा बुन्ने काममा मजदुरी गर्दै आउनु भएकी उहाँको सुरुका दिनहरु निक्कै कष्टकर भए । बिहानदेखि राति अबेरसम्म गलैचा कारखानमा काम गर्यो राम्रो पैसो पनि नआउने, भनेको बेलामा पैसा पनि नपाउने । उहाँलाई यो काम बरु आप्mनै हिसावले गर्न पाए हुन्थ्यो भन्ने बिचार आयो र गाउँमा फर्किनु भयो । तर आर्थिक रुपमा विपन्न भएकी उहाँलाई गाउँमा उद्योग सञ्चालन गर्ने कुरा ख्यालख्याल थिएन । जे गर्ने भने पनि कुरा पहिला पैसाकै आउँथ्यो ।
यहि समयमा गरिवी निवारण कोषको सहयोगमा गाउँमा सुरु भएको सामुदायीक संस्थाको काम उहाँका लागि ढुंगा खोज्दा देउता मिले जस्तो भयो । गाउँमा स्थापना भएको सामुदायीक संस्थामा गरीबी निवारण कोषले स्थापना गरिदिएको घुम्ति कोष उहाँको लागि भगवानको बरदान जस्तै भयो । वि.सं २०६२ ÷६३ बाट सञ्चालनमा आएको सो सामुदायीक संस्थामा उहाँ सचिव हुनुभयो । कोषको रकम उद्यम गर्न चाहनेले न्युन ब्याजमा पाउने भएपछि उहाँले कोषको रकम ऋण लिएर आफैले गाउँमा गलैचा उद्योग सञ्चालन गर्नु थाल्नुभयो ।
उहाँ सचिव रहेको जोम्सा सामुदायिक संस्थामा २७ जना सदस्य रहेका छन् । सामुदायीक संस्थाको घुम्ति कोषबाट ऋण लिएर समुहका महिलाहरुले कुनै न कुनै आयआर्जनका काम गरेका छन् । समुहका महिलाहरुले बख्रा पालन, भैसी पालन, तरकारी खेती तथा विभिन्न व्यवसाय गरेर केहिन केही आम्दानी गरी रहेका छन् । र उनिहरुले आफ्ना परिवार चलाईरहेका छन् ।
सुरुमा २७ सदस्यलाई भैसी तथा बाख्रा पालनका लागि भनेर ३ लाख रकम वितरण गरिएको थियो । पछि उहाँहरुले लिएको ऋणको ब्याज तथा समुदायको बचत तथा ऋण रकम फिर्ता भएसँगै समुदायीक संस्थामा पैसा पनि बढ्दै गयो । कमला र अन्य सदस्यहरु सबैको व्यवसाय र संस्था फस्टाउँदै गएको छ ।
कमला लामा जस्तै सबै सदस्यले आयआर्जनका काम गरी रहनु भएको छ । कमलाले सस्तो ब्याजमा ऋण पाएपछि व्यवसाय विस्तारै बढाउदै लैजानु भएको छ । आहिले आपूmले मात्र हैन गाउँका महिलाहरुलाई पनि उहाँले रोजगारी दिनु भएको छ । आफ्नो कामलाई सम्मान गरेर मेहनेत गरे महिलाका लागि असम्भव केही कुरा नहुने र महिलाले गर्न नसक्ने केहि कुरा नभएको उहाँको विश्वास छ । कमलालाई पहिला संस्थाबाट लिएको पैसा तिर्न नसकिने होकी भन्ने डर थियो तर व्यवसाय सोचेको भन्दा राम्रो भएपछि उहाँलाई ऋण तिर्न कुनै गारो भएन । त्यसैले उहाँले व्यवसाय पनि विस्तार गर्दै लैजानु भएको छ । अहिले उहाँले संचालन गर्नुभएको व्यवसायवाट गाउँका महिलाहरुले रोजगारी पाएका छन् ।
उहाँले संचालन गरेको व्यवसाय अहिले सोचेको भन्द राम्रोसंग फस्टाउदै मात्रै गएको छैन अन्य सामुदायीक संस्थालाई पनि प्रेरणा दिएको छ । उहाँकै पहलमा वेथानका २२ वटा सामुदायिक संस्थाको उपाचार कोष र विमा कोषको पैशाबाट वि.स २०६८ सालमा गाउँमा सहकारी संस्था स्थापना भएको छ । अहिले सोहि सहकारी संस्थावाट गाउँका दिदिबहिनिले ऋण लाने तथा बचत पनि गर्ने र व्यवसाय पनि सुचारु गर्ने गरेको हुँदा गाउँबासी आत्मानिर्भर बन्दै गएका छन् । उहाँ उद्योग र संस्था दुवै चलाएर धेरै चुनौतीलाई चिर्दै सफल भएकोमा निकै खुसी हुनुहुन्छ । आफ्नो प्रयासले मात्रै यो स्थानमा नपुगी सहयोगि संस्थाहरुले गर्दा नै आफू सफल भएको उहाँ बताउनु हुन्छ । बेथानकी कमला लामालाई सामुदायिक संस्थामा रहेर सिर्जनशिल काम गरेको भन्दै गरिवी निवारण कोषले सिर्जनशिल पुरस्कार २०७३ ले सम्मान समेत गरेको छ ।
रामेछाप बेथानकी कमला लामाको घरमै गलैचा उद्योग, गाउँका महिलाहरुलाई सिप र रोजगारको अवसर
- प्रकाशित मिति: सोमबार, असार १९ २०७४
- तामाकोसी खबर