रामेछापका पालिका अध्यक्ष र उप्रमुखले समेत निर्वाचन खर्च बुझाएनन्

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ३ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको नगरपालिका तथा गाउँपालिकामा निर्वाचित भएका प्रमुख तथा उपप्रमुखले समेत बेवास्ता गरी निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले सार्वजनिक गरेको स्थानीय तहको निर्वाचनमा भएको भएको खर्च विवरण नबुझाउने उम्मेदवार र निर्वाचित जनप्रतिनिधिहरुको नाममा विभिन्न पालिका प्रमुख तथा उपप्रमुखले खर्च विवरण पेश नगरेको उल्लेख छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपा पाख्रीनले समेत बेवास्ता गरी निर्वाचनमा भएको खर्च विवरण पेश गर्नुभएको छैन । उहाँहरुसँगै अधिकाशं जनप्रतिनिधिहरुले निर्वाचन खर्च बुझाउनुभएको छैन । कार्यालयले पटक पटक निर्वाचनको खर्च वितरण बुझाउन गरेको आग्रहलाई अटेर गरेपछि वितरण नबुझाएकाले नाम सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी एक हजार २५९ जनाले उम्मेदवारी दिएका थिए । दुई नगरपालिका प्रमुखम÷उपप्रमुख र ६ गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष र ६४ वटा वडामा गरी ३३६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिहरुको नाम हेर्नुहोस्



रामेछाप (2)