रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका सभापतिमा शिवकुमार कार्की निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनबाट प्रतिस्पर्धी जयप्रकाश श्रेष्ठलाई ३ मतले हराउँदै कार्की सभापतिमा निर्वाचित हुनुभएको हो । कार्कीले ५३ मत पाउनुभएको छ भने श्रेष्ठले ५० मत प्राप्त गर्नुभएको छ । यसैगरी रेडक्रस रामेछापको उपसभापतिमा विरेन्द्र श्रेष्ठलाई १० मतले हराउँदै नारायणदास श्रेष्ठ निर्वाचित हुनुभएको छ । नारायणदासले ५५ मत प्राप्त गर्दा वीरेन्द्रले जम्मा ४५ मत प्राप्त गर्नुभएको छ । महिला उपसभापतिमा पार्वती कडरियालाई ४ मतले हराउँदै कल्पना केसी बोहरा विजयी हुनुभएको छ । केसीले ५३ मत प्राप्त गर्दा कडरियाले ४९ मत प्राप्त गर्नुभएको छ । रेडक्रसको मन्त्रीमा हेमन्त पौडेललाई ६ मतले हराउँदै दुर्गाबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले ५४ मत प्राप्त गर्दा पौडेलले ४८ मत प्राप्त गर्नुभएको छ । यस्तै कोषाध्यक्ष भिमबहादुर तामाङलाई २३ मतले हराउँदै दिनेशकुमार कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ६१ मत प्राप्त गर्दा तामाङले जम्मा ३८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपकोषाध्यक्षमा श्री बहादुर माझीलाई ५ मतले हराउँदै यतनहरि सुवेदी निर्वाचित हुनुभएको छ । सुवेदीले ५३ मत प्राप्त गर्दा माझीले ४८ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा विष्णुलक्ष्मी उप्रेती, कमला कुमारी खड्का र सुशीला गुरुङ निर्वाचित हुनुभएको छ । त्यसैगरी खुला सदस्यहरूमा ढालविक्रम कार्की, राजेन्द्रबहादुर कार्की, धुव्रबहादुर खड्का, रमेशकुमार उदास, यादव प्रसाद दाहाल र कृष्णप्रसाद उप्रेती निर्वाचित हुनुभएको छ ।
रेडक्रस सोसाइटी रामेछापको सभापतिमा शिवकुमार कार्की निर्वाचित
- प्रकाशित मिति: आइतबार, साउन २९ २०७९
- तामाकोशी