चोरीका चार मोटरसाइकल सहित १० जना पक्राउ

  • प्रकाशित मिति: सोमबार, साउन २३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप प्रहरीले एक हप्तामा चोरीका मोटरसाइकल सहित १० जनाई पक्राउ गरेको छ । तीन जनालाई जिल्ला भित्रबाट र बाँकीलाई जिल्लाबाहिरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । खोजीका क्रममा प्रहरीले बा.प्र ०२–०३३ प ३९४५, बा.प्र. ०२ ०२२ प ३५२०, बा.प्र.०२ ०१५ प ५४७८ र प्रदेश ३.०२.०२९ प ९६१२ नम्बरका मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल चोरीका निवेदन परेपछि प्रहरीले एक हप्ते खोजी अभियान सञ्चालन गरेको थियो ।
मोटरसाइकल सहित पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–६ माकादुमका रामचन्द्र बुढाथोकी, सोही वडाका सौरभ बुढाथोकी, सौरभ बुढाथोकीको मोटरसाइकल वर्कसपमा काम गर्ने सर्लाही हरिपुर गाउँपालिका–६ का ज्ञासोधिम मन्सुर, खाँडादेवी गाउँपालिका–२ हिलेचौरका सुवास तामाङ र सोही वडाका राजन योञ्जन रहेका छन् । त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका–६ पोकुबाहालका लक्की शाक्य, म्याग्दी दरवाङ्ग गाउँपालिका घर भई हाल ललितपुर बस्ने विशेष राउत, रामेछापको खाँडादेवी गाउँपालिका–२ चुल्ठे पानीका घनश्याम कार्की, गोकुलगङ्गा गाउँपालिका–४ बेतालीका विनोद मुग्राती र नुवाकोट दुप्चेश्चर गाउँपालिका– ४ दुप्चेका रामशरण दमाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ ।