रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको अहिले वडा नं १ र १४ को मतगणना भैरहेको छ । १४ नं वडा फुलासीमा ३०० मत गनिसक्दा प्रमुखमा एमालेका लब श्रेष्ठले १२१, काँग्रेसका बिनोद कार्कीले ८१ र माओवादी अनि एकीकृत समाजबादी गठबन्धनका उम्मेदवार दीपक प्रसाइले ६९ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी इश्वरी बस्नेतले १२७, काँग्रेसकी यशोदा श्रेष्ठले ७४ मत प्राप्त प्राप्त गर्नुभएको छ भने माओवादी अनि एकीकृत समाजबादी गठबन्धनका उम्मेदवार कृष्णबहादुर थापाले ६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडा नं १ मन्थलीमा २०० मत गनिसक्दा प्रमुखमा एमालेका लब श्रेष्ठले ८५, काँग्रेसका बिनोद कार्कीले ८० र माओवादी अनि एकीकृत समाजबादीका गठबन्धन उम्मेदवार दीपक प्रसाइले ९ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी इश्वरी बस्नेतले ७७, काँग्रेसकी यशोदा श्रेष्ठले ९८ मत प्राप्त गर्दा माओवादी अनि एकीकृत समाजबादी गठबन्धनका उम्मेदवार कृष्णबहादुर थापाले ६ मत प्राप्त गर्नुभएको छ ।