मन्थली नगरपालिकाको ३०० मत गन्दा कसलाई कति ?

  • प्रकाशित मिति: शनिबार, बैशाख ३१ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको अहिले वडा नं १ र १४ को मतगणना भैरहेको छ । १४ नं वडा फुलासीमा २०० मत गनिसक्दा प्रमुखमा एमालेका लब श्रेष्ठले ८१, काँग्रेसका बिनोद कार्कीले ५६ र माओवादी अनि एकीकृत समाजबादी गठबन्धनका उम्मेदवार दीपक प्रसाइले ४९ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी इश्वरी बस्नेतले ८५, काँग्रेसकी यशोदा श्रेष्ठले ५१ मत प्राप्त प्राप्त गर्नुभएको छ भने माओवादी अनि एकीकृत समाजबादी गठबन्धनका उम्मेदवार कृष्णबहादुर थापाले ५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडा नं १ मन्थलीमा १०० मत गनिसक्दा प्रमुखमा एमालेका लब श्रेष्ठले ३९, काँग्रेसका बिनोद कार्कीले ४३ र माओवादी अनि एकीकृत समाजबादीका गठबन्धन उम्मेदवार दीपक प्रसाइले ६ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी इश्वरी बस्नेतले ३५, काँग्रेसकी यशोदा श्रेष्ठले ५३ मत प्राप्त गर्दा माओवादी अनि एकीकृत समाजबादी गठबन्धनका उम्मेदवार कृष्णबहादुर थापाले ३ मत प्राप्त गर्नुभएको छ ।