रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापमा मादक पदार्थ निषेध गरिने भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले आइतबार एक सूचना मार्फत वैशाख २७ गते मंगलबार मध्यराति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन निषेध गरिएको जानकारी गराउनुभएको हो । प्रमुख जिल्ला अधिकारी पहाडीले जारी गर्नुभएको सूचनामा २०७९ वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउने सन्दर्भमा निर्वाचन सुरक्षा व्यवस्था निर्देशिका २०७८ को दफा ६ बमोजिम २०८९ वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको विक्रि वितरण तथा सेवनमा सख्त रुपमा निषेद गरिएको व्यहोरा जानकारी गराइन्छ भनिएको छ ।
