रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय तह निर्वाचनमा नागरिक समाजको भूमिका बिषयक साझा सभा बैठक शुक्रबार सम्पन्न भएको छ । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र मानवअधिकिार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको सहजिकरणमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा बैठक सम्पन्न भएको हो । मानव अधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको बैठकमा सहभागिहरुले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पूर्णपालनाका लागि नागरिक दबाब तथा वाचडगको भूमिकामा रहनुपर्नेमा जोड दिका थिए । बैठकमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढी हुर्ने, राजनितिक दलका उम्मेदवारले चुनावमा अत्यधिक खर्च गर्ने, सम्पति विवरण नबुझाउने, बालबालिकाको प्रयोग गर्ने, उम्मेदवारद्वारा विभिन्न प्रलोभन देखाउने, अनुमतिबिना पर्चा पम्पलेट तथा ब्यानर टास्ने कार्य गर्नसक्ने भएकाले स्थानीय स्तरबाट नागरिक दबाबको पहल थाल्नुपर्नेबारे छलफल भएको थियो ।
स्थानीय तह निर्वाचनमा नागरिक समाजको भूमिका साझा सभा बैठक
- प्रकाशित मिति: शुक्रबार, बैशाख १६ २०७९
- तामाकोशी